अन्तत: भत्कियो सत्तागठबन्धन


२१ फाल्गुन २०८०, सोमबार
KP oli VS parchanda

काठमाडौं : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धन अन्तत टुटेको छ । कांग्रेस र माओवादीविच अविश्वासले धरापमा परेको सत्ता गठबन्धन टुटेको हो ।

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै मन्त्रिपरिषद् पुनर्गठन हुने बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।

एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ ।

स्रोतका अनुसार चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७