उपेन्द्र नयाँ गठबन्धनको सरकारमा आफै जाने, जसपाको तीन मन्त्रालयमा दाबी


२१ फाल्गुन २०८०, सोमबार
upendra yadav

काठमाडौँ । नेकपा एमालेसहित बन्न लागेको नयाँ गठबन्धनको सरकारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफै सहभागी हुने भएका छन् । जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले सो जानकारी दिएका छन् ।

उनका अनुसार सो विषयमा छलफलका लागि अहिले जसपाको कार्यकारिणी बैठक बसिरहेको छ । जसपाको तीन मन्त्रालयमा दाबी रहेको बताउँदै यादवले भने, ‘अध्यक्ष उपेन्द्र यादवज्यू आफै सरकारमा जानुहुन्छ ।’ छलफल जारी रहेकाले कुन–कुन मन्त्रालय भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७