पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठक, के–के गर्‍यो निर्णय ?


२४ फाल्गुन २०८०, बिहीबार
cabinet naya

काठमाडौं । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक आज (बिहीबार) सिंहदरबारमा बसेको छ । आज बिहान मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो । बैठकमा प्रधानमन्त्रीले धन्यवाद मात्रै दिनु भएको एक मन्त्रीले जानकारी दिए ।

‘आजको बैठकमा प्रधानमन्त्री ज्यूले नव नियुक्त मन्त्रीहरुलाई धन्यवाद मात्रै दिनुभयो, अरु कुनै निर्णय भएन’, उनले भने । एमाले नेतृत्वको नयाँ गठबन्धनसँगै बनेको सरकारको यो पहिलो क्याविनेट बैठक हो । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विस्तार गरेको मन्त्रिपरिषद्मा २० जना सदस्य छन् । नयाँ सत्तागठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७