लिभरपुलको फराकिलो जित


२५ फाल्गुन २०८०, शुक्रबार
liverpool

काठमाडौँ । लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्ता प्राहमाथि फराकिलो जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा लिभरपुलले स्पार्ता प्राहलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक गक गोल गरेका थिए । त्यसैगरी स्पार्ता प्राहका लागि लिभरपुलका कोनोर ब्राडलीले आत्मघाती गोल गरेका थिए । यो जितपछि लिभरपुलले पहिलो लिगमा ५–१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७