चीनमा उपभोक्ताको मूल्य ६ महिनामा पहिलो पटक फेब्रुअरीमा बढ्यो


२६ फाल्गुन २०८०, शनिबार
china pasal

काठमाडौं । अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको थियो ।

ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि सन्तुलन आएपनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ । परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुअरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुअरीमा उत्पादक मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७