सुदूरपश्चिम सरकारमा सहभागी नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन् : रेशम चौधरी


२६ फाल्गुन २०८०, शनिबार
Resham Chaudhary
फाइल फोटो

बुटवल । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन आयोगकले गरेको निर्णयका विषयमा आफू अदालत जाने सक्ने बताएका छन् । आज (शनिबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन आयोगको पत्र अझैसम्म नबुझेको बताउँदै आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने बताएका हुन् ।

उनले अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकाले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने बताए । देशका निकै थोरै पार्टीको मात्र महाअधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाअधिवेशन पार्टीको सर्वोच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयोगले बाधा पुर्‍याएकाले उचित उपचार खोजिने उनको भनाइ थियो । निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षको मान्यता दिन नसकिने बताउँदै रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वकै पुरानो समिति कायम रहेको जनाएको छ ।

उनले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने बताए । उनले देशमा ठूला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए । उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठूला दलहरूले भ्यागुतोको धार्नी बनाउने गरेको आरोप लगाए । यता आजै मात्र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका प्रदेश सदस्यहरु छलफल बिना नै सुदूरपश्चिम सरकारमा सहभागी भएको भन्दै तत्काल फिर्ता हुन चेतावनी दिएकी थिइन् । उनले पार्टी भर्खर बनेको नयाँ गठबन्धनकै पक्षमा रहेको बताउँदै सुदूरपश्चिम सरकारमा सहभागी बन्नु पार्टी नीति विपरित हुने बताएकी थिइन् । उनले तत्काल मन्त्रीबाट फिर्ता नभएका पार्टीले कारवाही गर्ने चेतावनी दिएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७