गाजामा सहायता पर्खिरहेकामाथि इजरायलको आक्रमण, सात जना मारिए


२९ फाल्गुन २०८०, मंगलवार
Gaza 6

काठमाडौं । गाजामा सहायता पर्खिरहेका सात जना इजरायली सेनाको आक्रमणमा मारिएका छन् । इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा कुवेत राउण्ड अबाउटमा सहायता ट्रकको लागि पर्खिरहेका प्यालेस्टिनीमाथि आक्रमण गरेको अलजजिराले जनाएको छ । आक्रमणमा २० भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूको उपचार अल–शिफा मेडिकल कम्प्लेक्समा भइरहेको छ । यस्तै गाजामा २ हजार मेडिकल कर्मचारीले भोकमरिको सामना गरिरहेका छन् । विश्व स्वास्थ्य गंगठन (डब्ल्यूएचओका) अनुसार थोरै मात्रा सहायता गाजाको अल–शिफा अस्पतालमा पुग्न सफल भएको छ । खाना र औषधिमा इजरायली प्रतिबन्धले गाजामा भोकमरी र अनिकाल निम्त्याएको छ । भोकमरीकै कारण २५ प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७