भवन भत्किँदा नौंको मृत्यु, दुई जना घाइते


२९ फाल्गुन २०८०, मंगलवार
pakistan 1200x560 1

काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् ।

तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले बताए । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले बताए। मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको पनि उल्लाहले बताए । भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७