प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको ‘ह्वीप’

संघीय सरकारमा सहभागी नहुने नाउपाको रेशम पक्षको निर्णय


२९ फाल्गुन २०८०, मंगलवार
resham vs ranjita

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेकी छन् । उनले भोलि (बुधबार) को प्रतिनिधिसभा बैठकमा चार जनै सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन समेत दिएकी छन् ।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ ।

सरकारमा जाने /नजाने विषयमा पति–पत्नीबीच नै चर्को मतभेद देखिएका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन् । उनका श्रीमान रेशम चौधरीले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले–माओवादी गठबन्धनमा जाने पक्षा छिन् । जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ । निर्वाचन आयोगले अध्यक्ष रेशम चौधरीलाई अयोग्य ठहर गर्दै पुरानै कमिटी व्युँताएको थियो । सोमबार मात्रै बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले संघ र प्रदेशमा समन्वय गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । समितिमा उपाध्यक्ष दामोदर पण्डित, रामलाल थारू र रमेश विश्वकर्मा रहेका छन् ।

संघीय सरकारमा सहभागी नहुने नाउपाको रेशम पक्षको निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षले संघीय सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई–तिहाइ बहुमतको निर्णयले केन्द्र सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन पनि नदिने निर्णय गरिएको जेष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने पनि नाउपाले निर्णय गरेको छ ।

re

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७