आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा


३० फाल्गुन २०८०, बुधबार
barcelona.jpg 7

काठमाडौँ । आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेका छन् । गए राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १–० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १–० ले विजयी भएको आधारमा नतिजा १–१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो । अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

त्यस्तै बार्सिलोनाले गए राति नै सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३–१ ले पराजित गर्दै समग्रमा ४–२ को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । योसँगै अहिलेसम्म आर्सनलसहित बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७