कांग्रेसलाई प्रचण्डको जवाफ : टाउको काट्न खोज्नु भएकै हो, सक्नु हुन्छ भने सबै मिल्नुस्


३० फाल्गुन २०८०, बुधबार
prachanda 12 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सके मिल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा विश्वासको मतको प्रस्तावमाथि दलगत रूपमा सांसदहरूले धारणा राखेपछि जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ठूला दल मिल्न आग्रह गरेका हुन् ।

‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो । आज पनि भनियो । मेरो कामना छ तपाईंहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईंहरू सबै मिल्नु भयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ । तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ?,’ प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे ।

विगतमा सबै मिलेर ‘टाउको काट्न खोजेको’ पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ‘डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नुस्,’ उनले भने, ‘तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाबकिताब राख्न । राजनीतिक रूपले आफूलाई हित हुन्छ भन्ने लाग्यो भने मिल्ने हो ।’ उनले कांग्रेसप्रति लक्षित गर्दै प्रश्न उठेकाहरूलाई प्रधानमन्त्री बनाउन लागेको पनि आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७