रविबारे प्रधानमन्त्रीको अभिव्यक्ति : आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी


३० फाल्गुन २०८०, बुधबार
prachanda 12 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा सभापति तथा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेबारे अभिव्यक्ति दिएका छन् । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको आरोपलाई खण्डन गर्ने क्रममा गृहमन्त्री लामिछाने इंगित अभिव्यक्ति दिएका हुन् ।

बैठकमा बोल्ने क्रममा सांसदहरूले ‘उथलपुथल भनेको सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री बनाउने हो ?’ भनेर गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डल आफूतिर आए प्रधानमन्त्री बनाउन तयार हुने र नआए भ्रष्टाचारी भन्दै कारबाही गर्नुपर्ने यो कस्तो डबल स्ट्यान्ड भनेर प्रश्न गरे । ‘तिनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ । आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७