नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा लाग्छु : प्रधानमन्त्री


३० फाल्गुन २०८०, बुधबार
pm 2 1 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो काँधमा अझ जिम्मेवारी थपिएको बताएका छन् । तेस्रो पटक विश्वासको मत पाएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी बढेको बताए ।

‘तेस्रो पटक विश्वासको मत पाएर काँधमा जिम्मेवारी थपिएको छ । जनताका पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु,’ उनले भने। उनले संसदमा तीन पटक अलग–अलग अनुभूति समेत पाएको बताए । ‘मप्रति भरोसा गरेर मलाई समर्थन गर्ने र विपक्षमा मतदान गर्ने सबैलाई धन्यवाद । संयमित वातावरणमा बडो लोकतान्त्रिक अभ्यास भयो । यसले लोकतन्त्र सुदृढ भएको महसुस भएको छ ।’

उनले भने, ‘तीन पटक विश्वासको मत लिँदै गर्दा अलग–अलग अनुभूति र महसुस भयो । करिब शतप्रतिशत विश्वासको मत पाउँदा र अहिलेको अवस्थाको अनुभूति प्राप्त गरे ।’ प्रधानमन्त्री प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत पाएका थिए । सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्रीको पक्षमा १५७ मत र विपक्षमा ११० मत र दिन्न भन्नेमा १ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७