प्रचण्डको कार्यव्यस्तताले फेरि भोलिका लागि सर्‍यो माओवादी स्थायी समिति बैठक


१ चैत्र २०८०, बिहीबार
perish dada party

काठमाडौं । आज (बिहीबार) बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरको छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो ।

अब सो बैठक भोलि पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । सो स्थायी समिति बैठकमा विधान अधिवेशनबाट अनुमोदन बिधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेण्डामा छलफल गरिने भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७