एमाले अध्यक्ष ओलीको अनुभव : मिर्गौला बिग्रिए जीवन कष्टकर बन्छ

‘प्रत्यारोपण गर्नु धेरै जटिल काम हो, डाइलासिस गर्नु पनि झन्झटिलो छ’


१ चैत्र २०८०, बिहीबार
kp oli 1

काठमाडौं । दुईपल्ट मृगौला प्रत्यारोपण गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् ।

विश्व मिर्गौला दिवसको अवसरमा आज (बिहीबार) बिहानै उनले सामाजिक सञ्जालमार्फत मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ । प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ ।’

उनले लेखेका छन्, ‘हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं । मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७