एटलेटिको र डोर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा


१ चैत्र २०८०, बिहीबार
f 1

काठमाडौँ । एटलेटिको म्याड्रिड र बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेका छन् । गए राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा एटलेटिकोले २–१ को नतिजा निकालेपछि खेल २–२ गोलको बराबरी भएको थियो । राउण्ड १६ को पहिलो लिगमा इन्टर मिलान १–० ले विजयी भएको थियो । त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

त्यस्तै गए राति नै सम्पन्न अर्को खेलमा बोरुसिया डोर्टमण्डले पिएसभीलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । योसँगै क्वार्टर फाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ । एटलेटिको म्याड्रिड र डोर्टमण्डसहित आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन् । अब क्वार्टर फाइनलको ड्र शुक्रबार हुने युइएफएले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७