अमेरिकामा पोर्न स्टार सोफिया यस्तो अवस्थामा मृत भेटिइन्, हत्याको आशंका


१ चैत्र २०८०, बिहीबार
porn star

न्युयोर्क । पोर्न स्टार सोफिया लियोनको केही दिनअघि भएको मृत्यु हत्याका कारण भएको हुन सक्ने भन्दै खोजी सुरू भएको छ । न्यू मेक्सिकोका अधिकारीहरूले वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका छन । जहाँ उनीहरूले शङ्कास्पद रहेको जनाएका छन् ।

२८ वर्षीया लियोनलाई मार्च १ मा परिवारका सदस्यहरूले उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला पारेका थिए । तर, उनको मृत्युको वरपरका परिस्थितिहरू अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । वयस्क प्रतिभा एजेन्सी १०१ मोडलिङले ट्विटरमा भनेको छ कि उनको मृत्युलाई सम्भावित डकैती र हत्याको तहबाट अनुसन्धान गरिनु पर्नेछ ।

पिपुल डटकममा प्रकाशित समाचार अनुसन्धान अधिकारीहरू सावधानीपूर्वक अनुसन्धानमा लागेका छन् । तर पहिलो चरणमा यसलाई हत्याको रूपमा भने ब्याख्या भने गरिसकेका छैनन् । तर, प्रारम्भिक पोस्टमार्टम रिपोर्टका अनुसार त्यस्तो कुनै लक्षणहरू वा मृत्युको कारण निर्धारण गर्न नसके पनि अधिकारीहरूलाई थप अनुसन्धान बाँकी रहेको र संदिग्ध मृत्युको रूपमा हेरिएको भने जनाएको छ ।

जसका कारण मृत्युको खास कुरा पत्ता लगाउनका लागि मेडिकल परीक्षकबाट विष विज्ञानको रिपोर्टको प्रतिक्षा गरिरहेको प्रहरीले जनाएको छ । बयस्क मनोरञ्जन उद्योगमा आफ्नो कामका लागि परिचित सोफिया लियोनीको गत मार्च १ मा उनको अपार्टमेन्टमा दुःखद निधन भएको उनको परिवारले जनाएका थिए । उनको सौतेनी बुबाले उनको स्मारक कोषको लागि स्थापना गरेको गो फण्डमा स्मृति कोष बनाउने जब घोषणा गरे तव दुनियाँ छक्क परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७