गृहमन्त्रीसँग छलफल गरेपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


२ चैत्र २०८०, शुक्रबार
cabinet
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले आज (शुक्रबार) अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रममन्त्री डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिएका छन् ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय सरकारले गर्न लागेको हो ।

डिल्ली आचार्य नेतृत्वको आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो । यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो । सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ । माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७