गोकुल बाँस्कोटाको खुलासा : माओवादी र नेकपा एस पनि केहि दिनमै एक हुने सम्भावना छ


४ चैत्र २०८०, आईतवार
Gokul Baskota 1

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र यादव समूहबीच एकताको समाचार बाहिरिरहेका बेला सत्ता साझेदार नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेकपा नाम भएका सबै पार्टी फेरि एक हुने अवस्था देखिएको दाबी गरेका छन् ।

यस क्रममा उनले सत्ता गठबन्धनमै रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि केही दिनभित्रै माओवादी केन्द्रसँग एक हुने प्रबल सम्भावना रहेको खुलासा गरेका छन् । ‘नेकपा नाम भएका जति सबै पार्टी बिजुली गतिमा फेरि एक होलान् जस्तो दोखियो । यो बोटबिरुवामा पालुवा पलाउने समय हो’, बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिममै माओवादी र एस पनि एकीकृत हुन सक्ने प्रबल सम्भावना ।’

दुई अध्यक्ष रहेको नेसपाको महिन्द्र यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एक हुने लिखित सहमति गरेको छ । डा. बाबुराम भट्टराई बिनै माओवादी केन्द्र र नेसपाबीच एकता गर्ने सहमति भएको हो । यस आधारमा यो पार्टी फुटेको भन्न सकिन्छ ।
एकीकृत समाजवादीलाई छोटकरीमा एस लेख्ने चलन पनि छ । त्यसो त अहिले एमाले र एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा सँगै छन् भने केपी शर्मा ओली र माधव नेपाल पनि कटुता बिर्सेर बिस्तारै नजिकिने क्रममा देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७