म्यानचेस्टर युनाइटेड इङलिस एफए कपको सेमिफाइनलमा


५ चैत्र २०८०, सोमबार
united 1710726642 1710727418

काठमाडौं । लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडलले लिभरपुललाई ४–३ गोलले पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेल सुरु भएको १० मिनेटमै म्याकटोमिनीको गोलबाट युनाइटेडले अग्रता लियो । तर पहिलो हाफको अन्त्यमा एलिस्टर र सलाहले गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । त्यसपछि खेलको ८७ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई बराबरीको अवस्थामा ल्याए ।

निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०५ मिनेटमा एलियटले गोल गरेपछि लिभरपुलले फेरि अग्रता लियो । तर फेरि युनाइटेडका रास्फोर्ड र डियालोले गोल गर्दा उसले रोमाञ्चक जित हात पार्न सफल भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७