सुन प्रकरणमा जोडिएपछि लम्जुङका सीडीओ अधिकारी मन्त्रालय तानिए


५ चैत्र २०८०, सोमबार
umakant

काठमाडौँ । गृह मन्त्रालयबाट लम्जुङको सीडीओ भएर गएका उपसचिव उमाकान्त अधिकारी दुई महिनामै फिर्ता बोलाइएका छन् । सुनको अवैध पैठारी तस्करीबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा उनलाई मन्त्रालय तानिएको स्रोत बताउँछ । मन्त्रालयमा सूचना अधिकारीका रुपमा रहेका अधिकारी गत माघमा लम्जुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए ।

मन्त्रालयमा रहँदा सुन तस्करीमा संलग्न भनिएका व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै उनलाई सरुवा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् । आयोगले दिएको प्रतिवेदन अनुसार उनलाई निगरानीमा राख्नु भनेकाले मन्त्रालय बोलाइएको स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७