धरानमा विभत्स हत्या गरिएकी युवती कक्षा १२ पढ्ने सुमना श्रेष्ठ, अभिभावकले गरे सनाखत


८ चैत्र २०८०, बिहीबार
dharan death

धरान । धरान उपमहानगरपालिका–१८ स्थित खोल्सीमा विभत्स हत्या गरिएको अवस्थामा भेटिएकी युवतीको शवको सनाखत भएको छ । प्रहरीका अनुसार मृतक धरान–१६ का महेन्द्र श्रेष्ठको छोरी २१ वर्षीया सुमना श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लका अनुसार युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् । ‘उनको हत्या कसले किन गर्‍यो भन्ने खुलेको छैन,’ मल्लले भने, ‘हामीले सुस्क्ष ढंगले थप अनुसन्धान अघि बढाएका छौँ । मृतक युवतीका अभिभावक आज जाहेरी लिएर यहाँ आउँदै हुनुहुन्छ ।’

dharan hatya girl

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भीमराज राईका अनुसार हत्यामा संलग्नको पनि पहिचान भइसकेको छ भने प्रहरी परिचालन गरी खोजी कार्य पनि तीव्र पारिएको छ । घटनामा एक भन्दा बढीको संलग्नता पाइएको राईले जानकारी दिएका छन् । उनीहरूको खोजीका लागि अन्य जिल्लामा पनि प्रहरी परिचालन भइसकेको उनले जानकारी दिए । बुधबार दिउँसो साढे २ बजेतिर एक जना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलको बीच रहेको खोल्सीमा युवतीको शव भेटिएको थियो । घाँटीमा दुई ठाउँमा धारिलो हतियारले रेटिएको र घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शवभन्दा केही पर सानो आकारको खुकुरी पनि भेटिएको प्रहरीले जनाएको छ । युवतीको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७