सँगै सुतेका साथीको खन्तीले टाउकोमा हानेर हत्या


८ चैत्र २०८०, बिहीबार
death
सांकेतिक तस्वीर

झापा । झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी साथीको हत्या भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो । आज विहान ५ सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय कमानसिंह राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमान र सनम साथी हुन् ।

कमान गए राति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुन्डीराज गिरीले जनाकारी दिए । हत्या गर्ने कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७