सुनको भाउ हालसम्मकै उच्च, एकै दिन २६ सय रुपैयाँले बढ्यो


८ चैत्र २०८०, बिहीबार
Gold 2

काठमाडौं । सुनको भाउ आज (बिहीबार) हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७