धरानकी युवती सुमना श्रेष्ठको हत्या आरोपमा ६ जना पक्राउ, आज सार्वजनिक गरिंदै


९ चैत्र २०८०, शुक्रबार
hatya dharan

सुनसरी । सुनसरी धरानकी युवती सुमना श्रेष्ठको हत्या आरोपमा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ । बुधबार धरान–१८ स्थित खोल्सीमा धरान–१६ की २१ वर्षीया सुमना श्रेष्ठको शव घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । शव फेला परेसँगै प्रारम्भिक अनुसन्धानअनुसार सुमनाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको थियो । महेन्द्र श्रेष्ठकी छोरी धरानकै एक कलेजमा कक्षा १२ मा पढ्थिन् ।

सुमनाको हिजो (बिहीबार) दाहसंस्कार गरिएको छ । श्रेष्ठको इसाइ परम्पराअनुसार दाहसंस्कार गरिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि इसाइ धार्मिक विधिअनुसार बिहीबार सुमनाको दाहसंस्कार गरिएको हो । हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले बिहीबार दिउँसो ४ बजेतिर धनकुटाको मूलघाटबाट एक जना र अन्यलाई धरानबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान रेल्वे लाइनमा बस्दै आएका सबिन भुजेलसहित छ जना छन् । पक्राउ गरिएका भुजेलले आफूलाई धोका दिएका कारण हत्या गर्नुपरेको बताएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भुजेल र अन्य पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

घटनामा मुख्य संलग्नता सबिनको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले जानकारी दिएका । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अन्य पाँच जनामाथि पनि शंका लागेर नियन्त्रणमा लिएका हौँ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट बाँकी कुरा पत्ता लाग्छ ।’

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ । अनुसन्धानपश्चात आज (शुक्रबार) पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गर्ने तयारी प्रहरीको छ । ‘आज म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्छौँ,’ प्रहरी अधिकृतले भने, ‘घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

घटनामा क–कसको संलग्नता रहेको छ भन्नेबारे अनुसन्धानले देखाउने उनी बताउँछन् । प्रहरीले यसअघि घटनामा संलग्नको पहिचानका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो । बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् । खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दूरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७