आइपिएलमा बैंगलोरलाई हराउदै चेन्नईको विजयी शुरुवात


१० चैत्र २०८०, शनिबार
CSK 1.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो । बैंगलोरले दिएको १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईको जितमा रचिन रविन्द्रले सर्बाधिक ३७ रन बनाएका थिए । डेभ्यु आइपिएल खेल खेलिरहेका रचिनले १५ बलमा ३७ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले २७, कप्तान रुतुराज गायकवाडले १५, डार्यल मिचेलले २२, शिभम दुवेले २६ र रविन्द्र जडेजाले २८ रन बनाएका थिए ।

त्यसैगरी बैंगलोरका बलर क्यामरुन ग्रीनले २ विकेट लिए भने कर्ण शर्मा र यश दयालले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । रोयल च्यालेन्जर्स बैंगलोरका लागि अनुज रावतले सर्बाधिक ४८ रन बनाएका थिए । रावतले २५ बलमा आक्रामक ब्याटिङ गर्दै ४८ रन बनाएका थिए । त्यसै गरी दिनेश कार्तिकले २६ बलमा अविजित ३८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ तथा क्यामरुन ग्रिनले १८ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर मुस्ताफिजुर रहमानले सर्बाधिक ४ विकेट लिएका थिए । रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिएका थिए । यो जितसँगै चेन्नईले २ महत्वपूर्ण अंक हासिल गरेको छ भने बैंगलोरले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७