बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर


१० चैत्र २०८०, शनिबार
Kate middleton

काठमाडौँ । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् ।

भिडियोमा उनले भनेकी छन्, ’केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो । म अहिले ठीक छु र दिन प्रतिदिन बलियो हुँदै गएको छु ।’ बेलायतको दरबारले उनी पूर्णरुपमा निको हुने विश्वास व्यक्त गरेको छ । राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो तर त्यति बेला क्यान्सर भएको थाहा नभएको बताइएको छ ।

राजकुमारी केटले भनेकी छन्, ‘यद्यपि शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो । मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनु पर्ने सल्लाह दियो । म उपचारको प्रारम्भिक चरणमा छु ।’ उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो । दरबारले भने यस समयमा कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने बताएको छ । यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७