करेण्ट लागेर एकै घरका तीन जनाको ज्यान गएपछि राजमार्ग अवरुद्ध


११ चैत्र २०८०, आईतवार
da

दाङ । दाङमा करेण्ट लागेर एकै घरका तीन जनाको ज्यान गएपछि कारबाही र क्षतिपूर्ति माग राख्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । करेण्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएपछि लापरबाही गर्ने विद्युत प्राधिकरणलाई कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै राप्ती गाउँपालिका–३ मसुरियामा स्थानीय तथा आफन्तले राजमार्ग अवरुद्ध पारेका छन् ।

हिजो (शनिबार) दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार चुडिएर एकै घरका तीन जनाको मृत्यु भएको थियो । ६० वर्षीय गोरखबहादुर केसी, ५५ वर्षीय दिलसरा केसी र ४ वर्षीय नाति इश्वर केसीको मृत्यु भएको थियो । गोरखबहादुरको उपचारको क्रममा र दिलसरा र ईश्वरको घटनास्थलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७