चार्ज गरिरहेको मोबाइल पड्किँदा चार बालबालिकाको मृत्यु


११ चैत्र २०८०, आईतवार
current mobile
सांकेतिक तस्वीर

भारत । चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ । भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए ।

सोही क्रममा अचानक मोबाइल पड्किँदा आगो निस्किएको थियो । ओछ्यान र झ्यालको पर्दामा सल्किएको आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए । प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा निहारिका र गोलुको राति दुई बजे मृत्यु भएको हो । यस्तै सारिकाको आइतबार बिहान चार बजे र कल्लुको बिहान १० बजे मृत्यु भएको हो ।

उनीहरूका पिता जोनी र आमा बबिताको भने उपचार भइरहेको छ । जोनीको अवस्था खतरामुक्त रहे पनि बबिताको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ । निहारिका, गोलु र कल्लु मोबाइलमा गेम खेलिरहेको समयमा विस्फोट भएको जोनीले बताएका छन् । चार्जमा जोडेर मोबाइलमा गेम खेलिरहेको अवस्थामा अचानक विस्फोट भएको उनको भनाइ छ र्। जेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७