सत्ता साझेदार दलसँग छलफल गरेर मात्र नेकपा एसले उपनिर्वाचनकाे उम्मेदवार टुङ्गो लगाउने


११ चैत्र २०८०, आईतवार
Samajbadi clear pic

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले उपनिर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन । आज (आइतबार) बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरेपछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एमालेले उम्मेदवार तय गर्ने निर्णय गरे पनि सत्तारूढ गठबन्धनका नेकपा एस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै उम्मेदवारका बारेमा कुनै निर्णय लिइसकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७