गायिका एलिना चौहानले वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कस्दै


१२ चैत्र २०८०, सोमबार
alina chauhan

काठमाडौँ । गायिका एलिना चौहानले आउँदो नयाँ वर्षमा बिहे गर्ने भएकी छिन् । उनले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग बिहे गर्न लागेकी हुन् ।

विष्णु स्वयमले बिहेको खबरको पुष्टि गरेका छन् । ‘हामी वैशाख ५ गते बिहे गर्दैछौँ । बिहे समारोह झापामा हुनेछ ।’ उनले एलिनासँगको ब्रेकअफको खबर मिडियाले अफवाह फैलाएको भन्दै झुटो रहेको दाबी गरेका छन् ।

‘ब्रेकअफको खबर सरासर झुटो हो । मिडियाले अपबाह फैलाउनु हुन्न’ उनले भने, ‘मंसिरमा बिहे गर्ने योजना थियो । तर, यसले गर्दा छिटो गर्नपर्ने अवस्था आयो ।’ अस्ट्रेलिया बस्दै आएका विष्णु बागलुङका हुन् । उनले पारिवारिक सल्लाहमै प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् । एक दर्जन बढी गीत लेखेका सापकोटाले एलिनासँग गीतमा स्वर पनि दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७