शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश


१२ चैत्र २०८०, सोमबार
sharmila waiba

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ । कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो ।

उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् । वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७