रामेछापको लिखु तामाकोशीका पूर्व अध्यक्ष भ्रष्टाचारी ठहर


१३ चैत्र २०८०, मंगलवार
lik

काठमाडौं । विशेष अदालत काठमाडौंले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले ग्रामीण विद्युतीकरण परियोजनामा भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको हो । विशेष अदालतले अध्यक्ष खड्कासहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीमध्ये पाँच जना दोषी ठहर भए भने २२ जनाले भने सफाइ पाएका छन् । खड्कासहित राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो । विशेषले गाउँपालिका अध्यक्ष खड्कालाई एक करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७