आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा


१३ चैत्र २०८०, मंगलवार
aanatarik rajaswa bibhag 696x417 1

काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा भएको छ । सरकारले महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयमा तीन जना सहसचिवलाई भित्राइएको छ । सहसचिव ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् । तर, उनीहरुलाई अर्थले भने अझै जिम्मेवारी तोकिसकेको छैन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७