राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो


१३ चैत्र २०८०, मंगलवार
Rabi 3
फाइल फोटो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो । समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई बोलाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य थिए । उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसकेपछि स्वतः पदेन सदस्य भएका हुन् । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यस समितिको कार्य क्षेत्रभित्र गृह मन्त्रालय पर्छ । सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७