त्रिशूली नदीमा ट्याक्सी खस्यो : एकको शव भेटियो, चार जना बेपत्ता


१७ चैत्र २०८०, शनिबार
Trishuli gotakhor
फाइल फोटो

काठमाडौँ । मुग्लिन–चितवन सडक खण्डको इच्छाकामना गाउँपालिकाको कुरिनटारबाट त्रिशूली नदीमा ट्याक्सी खसेको छ । आज बिहान बा २ ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । उक्त ट्याक्सी काठमाडौँबाट गोरखा जाँदै थियो ।

ट्याक्सीमा पाँच जना सवार रहेकोमा एक जनाको शव भेटिएको छ भने चार जना बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृतक पुरुष रहेको भए पनि परिचय भने खुल्न सकेको छैन । बेपत्ताको खोजीका लागि गोताखोर टोली परिचालनको तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७