‘अल्लाह’ लेखिएको मोजा बिक्री गर्ने मलेसियन स्टोरमा आक्रमण


१८ चैत्र २०८०, आईतवार
Capture.JPG 2167

क्ववालालम्पुर । मलेसियामा ‘अल्लाह’ लेखिएको एक सुपरस्टोरमा आक्रमण भएको छ । मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो । सो खबर बाहिरिएसँगै इस्लाम धर्मालम्बीमा आक्रोश पैदा भएको थियो, परिणाम स्वरूप सो स्टोरमा मोलोटोभ ककटेल प्रहार गरिएको हो ।

केके सुपर मार्ट चेनका शीर्ष अधिकारीहरूलाई मोजा बेचेको कारण धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लगाइएको केही दिनपछि शनिबारको आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मलेसियाको पूर्वमा रहेको कुआन्तान सहरका प्रहरी प्रमुख वान मोहम्मद जाहारी वान बुसुले विष्फोटक पदार्थका कारण सो स्टोरको शाखाको प्रवेशद्वारमा आगो लागेको तर कुनै मानवीय क्षति भने नभएको बताए ।

‘आक्रमण अझै पनि अनुसन्धानको क्रममा थियो तर हामी यो कुरालाई अस्वीकार गर्दैनौं कि यो ‘अल्लाह’ लेखिएको मोजा विक्री गरिएको घटनासँग सम्बन्धित हुन सक्छ,’ उनले भने । सो स्टोरले विक्रीमा राखेका त्यस्ता मोजाहरूका तस्बिरहरू यस महिना सोशल मिडियामा फैलिएपछि मुस्लिम समुदायबीचमा सार्वजनिक क्रोध उत्पन्न भयो । तिनीहरू स्टोरको सो कार्य अपमानजनक ठानेका छन् । किन भने, तिनीहरू रमजानको पवित्र उपवास महिनामा खरिद गर्नका लागि सो स्टोरमा प्रवेश गरेका थिए ।

मलेसियाको ३४ मिलियन जनसंख्याको लगभग दुई तिहाई मलया मुस्लिमको रहेको छ, अल्पसंख्यक जातीय चिनियाँ र भारतीय मूलका मानिसहरूले पनि इस्लाम धर्म मानिरहेका छन् । सो स्टोरले मुस्लिम समुदाय र इस्लाम धर्मप्रति बितृष्णा फैलाएको उनीहरूको बुझाइ रहेको छ । हालसम्म कोही पक्राउ परेका छैनन् र सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७