मेडिकल उपकरण खरिदमा भ्रष्टाचार : बसेरा होटलका मालिकसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा


१८ चैत्र २०८०, आईतवार
Akhtiyar

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा व्यापारी विशाल पण्डितसहित संलग्न कर्मचारीहरूलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पण्डित बसेरा होटलका मालिक समेत हुन् ।

bishal pandit

व्यापरी पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायोमेडिकल इन्जिनियर कुसल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटकाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

कोभिड महामारीको समयमा कोशी प्रदेशमा स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको पाइएको भन्दै मुद्दा दायर भएको विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले बताए ।

CIA
CIA

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७