गुजरातविरूद्ध पहिले बलिङ गर्दै नेपाल


१८ चैत्र २०८०, आईतवार
434721188 837281045094944 477382332059113920 n 1711875125

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले आज आफ्नो पहिलो खेल खेल्दैछ।

भारतको रणजी टिम गुजरातविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ। गुजरातमा हुने सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।
नेपाली टिम स् रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनास बोहरा।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७