आईपीएल : दिल्ली क्यापिटल्सको पहिलो जित, चेन्नई २० रनले पराजित


१९ चैत्र २०८०, सोमबार
GKA5HV2WAAAAjAm 1536x1024 1

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले लगातार दुई खेल जितेको चेन्नई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो ।

विशखापटनमा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र रोकिन पुग्यो । चेन्नईका लागि अजिंके रहाणेले सर्वाधिक ४५ रनको योगदान गरे । महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्दतले नटआउट ३७ रन बनाए ।

त्यस्तै ड्यारिल मिचेलले ३४ , रविन्द्र जडेजाले अविजित २१ तथा शिभम दुवेले १८ रनको योगदान गरे । दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीर्य निङ खेले ।

अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । राम्रो सुरुआत पाएको दिल्लीका लागि यी दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए । कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।

पन्तको अर्धशतकको सहयोगमा दिल्ली मध्यम योगफलसम्म पुग्यो । मिचेल मार्शले १२ बलमा १८ रन बनाए । चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान एक एक विकेट लिए । दिल्लीले पहिलो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।

त्यस्तै चेन्नईले भने यस सिजनका शुरुवातका दुवै खेल जितेर शानदार शुरुवात गरेको थियो । चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो भने, दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरको थियो । आईपीएलअन्तर्गत आज राति पौने ८ बजे मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुनेछन् । मुम्बई पहिलो जितको खोजीमा हुनेछ भने राजस्थान लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७