क्यानडा पठाई दिने भन्दै ४० लाख ठगेर सम्पर्कविहीन बनेका मुखिया पक्राउ


१९ चैत्र २०८०, सोमबार
pakrau
सांकेतिक तस्वीर

काठमाडौं । वैदेशिक रोजगारका लागि क्यानडा पठाई दिने भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

‘बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएकामा पीडितमध्येका एक जना लेखनाथ भुर्तेलले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज मुखियालाई काठमाडौं बौद्धबाट पक्राउ गरिएको हो’, उनले भने । मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी पोखरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७