रविमाथि सरकारबाटै अनुसन्धान रोकिँदा विश्वासको संकट उत्पन्न भयो : कांग्रेस

‘जनताको पैसा दुरुपयोग भयो, न्याय टुहुरो भयो’


२० चैत्र २०८०, मंगलवार
yadav

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै छानबिनको माग गर्दै आज (मंगलबार) पनि संसदमा विरोध गरेको छ । संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरे ।

गृहमन्त्री लामिछानेमाथि छानबिनको भइरहेको छ भन्दा कांग्रेस चुप लागेर बसेको उनले बताए । उनले भने, ‘प्रहरी प्रमुख र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गृहमन्त्री दोषी नभएको बताएपछि अनुसन्धान प्रभावित भयो, सरकारले अनुसन्धान अलपत्र पार्‍यो ।’ जनताको पैसा दुरुपयोग भएको भन्दै उनले जनताको न्याय टुहुरो भएको बताए । त्यसैले पनि कांग्रेसले छानबिन समितिको माग गरेको उनले स्पष्ट पारे ।

उनले गृहमन्त्रीले नयाँ गर्छु भन्नु भएकाले छानबिन समिति बनाएर आरोपलाई टुंग्याउन समेत आग्रह गरे । रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ । आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले भने, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस् । सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७