प्रधानमन्त्री प्रचण्डसँग मेयर हर्क साम्पाङको भेट, राखे यस्ता माग


२० चैत्र २०८०, मंगलवार
Harke

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन् ।

सो भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग प्रधानमन्त्री समक्ष राखेको मेयर साम्पाङले जानकारी दिएका छन् । धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौंमा छन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका छन् । उनले यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका थिए ।

काठमाडौं आएको मौकामा उनले आज बिहानै सडक किनारमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा वकालत गरेका छन् । उनले ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको तस्बिरमा फेसबुकमा हालेका छन् । आज ‘जनमतबार’ भन्दै साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७