रविलाई विश्वप्रकाशको प्रश्न : गृहमन्त्री चाहिन्छ भन्ने मित्रले प्रधानमन्त्री प्रस्ताव किन खानु भएन ?


२१ चैत्र २०८०, बुधबार
bishwa prakash

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदको प्रस्ताव किस्तीमा राखेर गरिएको भन्ने भ्रमबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा शर्माले रास्वपाका सांसद स्वर्णिम वाग्लेले कांग्रेसले आफ्नो पार्टीलाई प्रधानमन्त्री प्रस्ताव गरिएको प्रसङ्ग कोट्याउँदै यस्तो आग्रह गरेका हुन् । शर्माले भने, ‘नाइँ मलाई त्यही गृहमन्त्री चाहिन्छ भन्दै गरेको मित्रले प्रधानमन्त्री प्रस्ताव गरेपछि किन खानु भएन होला ? कांग्रेसको सभापति वा महामन्त्रीहरूले संस्थागत निर्णय नगरिकन कसैलाई प्रधानमन्त्री पदको प्रस्ताव किस्तीमा राखिएर गरिएको छ भन्ने भ्रमबाट मुक्त हुन पनि आग्रह गर्न चाहन्छु ।’

केही समय अगाडि रास्वपाका सांसद स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताएका थिए । बैठकमा शर्माले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने बताए । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७