उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित


२२ चैत्र २०८०, बिहीबार
nirbachan aayog

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । चैत २२ गते बसेको आयोगको बैठकबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचनका लागि इलाम– २ मा ४२२ जना मतदाता थप भएका छन् । यससंगै यहाँ १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ– १ को प्रदेशसभा–१ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् । पछिल्लो निर्वाचनमा इलाम– २ मा १ लाख १५ हजार ४६७ र बझाङ– १ को प्रदेश सभा–१ मा ६१ हजार ११० मतदाता रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७