राजेश पायल राई र सङबुङबीच सम्बन्ध विच्छेद

गायक राईले दिए पाँच करोडको घर र ५० लाख नगद


२२ चैत्र २०८०, बिहीबार
Rajesh payal sangbung

काठमाडौं । गायक राजेश ‘पायल’ राई र पत्नी सङबुङ राईले सम्बन्ध विच्छेद गरेका छन् । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । यी दुईका एक दुई वर्षे एक सन्तान सायरेम छन् । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।

आफ्नो वैवाहिक जीवन गोप्य राखिरहेका राईले पत्नी साङबुङसँग औपचारिक सम्बन्धविच्छेद गरेका हुन् । सम्बन्ध तोड्न साङबुङले उच्च माग राखेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने बताइएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यस्तै राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । थप एक करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको छ ।

उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो । सम्बन्ध विच्छेदपछि उनी आमाको साथमा बस्ने छन् भने छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने छन् । छोरालाई जुनसुकै स्कूलमा पढाए पनि बाबुले फी तिर्ने सम्झौता भएको छ । यसैगरी, छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता गरेका छन् ।

२६ वर्ष कान्छी साङबुङसँग दुई वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो । उनीहरूको भेट हुँदा राजेशपायल ४० काटिसकेका थिए भने साङबुङ उमेरले नाबालिग नै थिइन् । राजेशपायलको नक्सालमा र शान्तिनगरमा दुईटा घर छन् । उनले साङबुङलाई नक्शालको घरमा राखेका थिए भने शान्तिनगरमा परिवारका सदस्यहरू बस्थे । अहिले नक्सालको घर श्रीमतीलाई दिएपछि उनी शान्तिनगरमा बस्न थालेका छन् । गायक राजेशपायल राई रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेर आज (बिहीबार) छुटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७