अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ : राष्ट्रपति जेलेन्स्की


२६ चैत्र २०८०, सोमबार
jensiki

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताएका छन् ।

कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् । ‘कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ’, किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड २४ को भिडियो बैठकमा जेलेन्स्कीले भने ।

उनले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बताए । युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उनले बताए । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले आइतबार बताएको छ । उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भने, ‘रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७