रोचक बन्दै प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकिँदा आर्सनल फाइदामा


२६ चैत्र २०८०, सोमबार
liverpol.jpg 72024 04 08 07 04 25

काठमाडौँ । इङलिस प्रिमियर लिगको यस सिजन रोचक बनेको छ । यस सिजनका ३१–३१ खेल सकिँदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

गए राति सम्पन्न खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएपछि यसको फाइदा आर्सनललाई भएको छ । यस खेलमा म्यानचेस्टर युनाइटेडक लागि ब्रुनो फर्नानडेज र कोबी माइनुले एक–एक गोल गरेका थिए भने लिभरपुलका लागि लुइस डियाज र मोहमद सलाहले एक–एक गोल गरेका थिए ।

अब लिगका ७ खेल खेल्न बाँकी रहदा अहिले शीर्ष स्थानमा आर्सनल रहेको छ । ३१ खेलमा ७१ अंक रहेको आर्सनल र लिभरपुलको पनि ७१ अंक रहेको अवस्थामा गोल अन्तरका आधारमा अगाडि रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७० अंक रहेको छ । त्यस्तै लिभरपुललाई बराबरीमा रोकेको म्यानचेस्टर युनाइटेडको भने ३१ खेलमा ४९ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७