प्रधानमन्त्रीसहित सभामुखले गरे शीर्ष दलका नेताहरूसँग छलफल


२६ चैत्र २०८०, सोमबार
devraj
फाइल फोटो

काठमाडौं । सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँग सभामुख घिमिरेले सोमबार दिउँसो छलफल गरेका हुन् ।

छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि सहभागी छन् । कांग्रेसले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरिरहेको छ ।

यसअघिको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद समेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो बैठकमा संसदीय समिति गठन हुनुपर्ने भन्दै अल्टिमेटम नै दिएका थिए । प्रतिनिधि सभा बैठक मंगलबारका लागि बोलाइएको छ । उक्त बैठकअघि यसबारे सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूसँग छलफल गरेका हुन् । बूढानीलकण्ठमा सोमबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संसदीय समिति गठन गर्ने अडान नछाड्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७