कांग्रेसले राखेको संसदीय छानविन समिति गठनको माग अस्वीकार गर्छौ : रास्वपा


२६ चैत्र २०८०, सोमबार
santos pariyar

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ । सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफूहरूले अस्वीकार गर्ने बताए ।

परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्ने दाबी गरे । सहकारी प्रकरणमा समाधानसहितको प्रतिवेदन रास्वपाले यस अघि नै पेस गरेको बताउँदै गृहमन्त्रीमाथि समिति बनाएर कारबाही गर्ने विषय मात्र सहकारी समस्याको समाधान नभएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७